मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिका प्रतिवद्धताहरु पूरा गर्न सरकार क्रियाशील छ

हामीलाई जलवायु परिवर्तन, दिगो विकास, प्राकृतिक विपदहरु, आर्थिक तथा सामाजिक अधिकारहरुको संरक्षण र प्रवर्धन गर्ने रणनीति तय गरी कार्यान्वयनमा एकजुट भएर काम गर्न सन्देश दिएको छ । हाम्रो समाजमा जरा गाडेर बसेको जातिय, क्षेत्रीय, लैंगिक तथा परम्परागत विभेदका कारणहरुलाई सम्बोधन गर्न नेपालको संविधानमा ३१ वटा मौलिक हकको व्यवस्था भए बमोजिम कानून बनाई मानव अधिकारको प्रत्याभूति दिलाउन र नेपालले अनुमोदन गरेका मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, महासन्धिका प्रतिवद्धताहरु पूरा गर्न सरकार निरन्तर रुपमा क्रियाशीलरहेको छ ।

७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको उपलक्ष्यमा सम्माननीय प्रधानमन्त्रीज्यूको शुभकामना सन्देश

संयुक्त राष्ट्र संघको महासभाले सन् १९४८ को डिसेम्बर १० अर्थात् आजकै दिन मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको हो । यस दिनलाई विश्व समुदायले मानव अधिकारको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउँदै आएको छ । घोषणापत्र जारी भएको आज ७५ वर्ष पूरा भएको छ ।

यस अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु । साथै यस अवसरमा प्रत्येक व्यक्तिको जीवन, मर्यादा, समानता, स्वतन्त्रताका साथै मानव अधिकारको सम्मान, संरक्षण र संर्वद्धन गरी मानव अधिकार संस्कृतिको विकास गर्न नेपाल सरकारको प्रतिवद्धता व्यक्त गर्दछु ।

हामीलाई जलवायु परिवर्तन, दिगो विकास, प्राकृतिक विपदहरु, आर्थिक तथा सामाजिक अधिकारहरुको संरक्षण र प्रवर्धन गर्ने रणनीति तय गरी कार्यान्वयनमा एकजुट भएर काम गर्न सन्देश दिएको छ । हाम्रो समाजमा जरा गाडेर बसेको जातिय, क्षेत्रीय, लैंगिक तथा परम्परागत विभेदका कारणहरुलाई सम्बोधन गर्न नेपालको संविधानमा ३१ वटा मौलिक हकको व्यवस्था भए बमोजिम कानून बनाई मानव अधिकारको प्रत्याभूति दिलाउन र नेपालले अनुमोदन गरेका मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, महासन्धिका प्रतिवद्धताहरु पूरा गर्न सरकार निरन्तर रुपमा क्रियाशीलरहेको छ ।

सरकारले नेपाल पक्षभएका मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको दायित्व पूरा गर्दै आइरहेको छ भने केही बडापत्रमा आधारित र सन्धिजनित समितिमा पेश हुन बाँकी आवधिक प्रतिवेदनहरुसाथै विश्वव्यापी आवधिक समीक्षा प्रतिवेदन समयमा नै पेश हुने कुरामा समेत सरकार दृढ छ । अन्त्यमा, ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका उपलक्ष्यमा मानव अधिकार संरक्षणका लागि अहोरात्र खटिने सरकारी तथा गैरसरकारी संयन्त्र, मानव अधिकारको खवरदारी गर्ने मानव अधिकार रक्षक, नागरिक समाज, पत्रकार, कुटनीतिक नियोगलगायत सबैमा हार्दिक शुभकामना दिन चाहन्छु ।

२४ मंसिर, २०८० (१० डिसेम्बर, २०२३)

 

पुष्पकमल दाहाल ‘प्रचण्ड’

 

कात्तिक ६, २०८१ मंगलबार २३:४९:२६