अध्यक्ष क. प्रचण्ड कांग्रेस महामन्त्री डा. साशंक कोइरालाको स्वास्थ्य स्थिति बुझ्न अस्पतालमा

13632897_1737886716476416_1069198758_o
काठमाडौं, असार २२ । अध्यक्ष क. प्रचण्ड नेपाली कांग्रेसक महामन्त्री डा. साशंक कोइरालाको स्वास्थ्य स्थिति बुझ्न आज बेलुकी ओम अस्पतालमा पुग्नुभयो । अध्यक्ष क. प्रचण्डले डा. कोइरालाको स्वास्थ्य स्थितिबारे चिकित्सक, त्यही रहनु भएका कांग्रेस सभापति शेरबहादुर देउवा, अन्य कांग्रेसका नेता र परिवारका सदस्यहरुसँग जानकारी लिनु भयो । महामन्त्री कोइरालाको स्वास्थ्य स्थिति स्थिर तथा बिहानको भन्दा केही प्रगति रहेको चिकित्सक, सभापति देउवा र परिवारका सदस्यहरुले अध्यक्ष क. प्रचण्डलाई जानकारी गराउनु भयो । अध्यक्ष क. प्रचण्डद्वारा कांग्रेस सभापति शेरबहादुर देउवा, अन्य कांग्रेस नेता र परिवारका सदस्यहरुलाई सान्तवनाका साथै उहाँको सीघ्र स्वास्थयलाभको कामना पनि गर्नु भयो ।

कात्तिक ९, २०८१ शनिबार ३:१८:५७