अध्यक्ष प्रचण्ड शुक्रवार थाइल्याण्ड जाँदै

काठमाडौं, १३ माघ । अध्यक्ष प्रचण्ड आउँदो शुक्रवार माघ १५ गते थाइल्याण्डको बैंकक प्रस्थान गर्नुहुने हुनुभएको छ । नेपाल एयरलाइन्सको बिमानबाट बिहान ११ बजे त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएका अध्यक्ष प्रचण्डले बैंककमा उपचाररत पार्टीका सचिव वर्षमान पुन अनन्तको स्वास्थ्यको बारेमा थप जानकारी लिनु हुनेछ ।

सचिव अनन्तको स्वास्थ्यमा सुधार आउन थालेपछि उहाँलाई नेपाल ल्याउने विषयमा बैंककस्थित चिकित्सिकहरुसँग छलफल गर्न उहाँ त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो । साथै अध्यक्षले बैंककमा संगठनको वर्तमान अवस्था र नेपालमा पार्टीको देशव्यापी स्थितिको बारेमा पनि सचिव अनन्तसँग छलफल गर्नुहुनेछ । लामो समय उपचारका क्रममा रहनुभएका सचिव अनन्त पार्टी गतिविधि र पार्टीका बैठकमा अनुपस्थित रहनुभएको थियो ।

अध्यक्ष प्रचण्डले हालै ७ वटै प्रदेशहरुको प्रादेशीक कमिटिका बैठक र प्रशिक्षण सकिसक्नु भएको छ । सो क्रममा उहाँले देशव्यापी रुपमा पार्टीको सांगठनीक स्थितिको बारेमा पनि रिपोर्ट लिईसक्नुभएको छ ।

माघ १९, २०८१ शनिबार ६:३७:२०