अध्यक्ष प्रचण्डकाे शनिबार डायरी

कार्तिक २५, भरतपुर। पूर्व प्रधानमन्त्री, माअाेवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नं.-३ का उम्मेद्वार प्रचण्डले शनिबार अाफ्नाे निर्वाचन क्षेत्रका जनतासँग भेटघाट र अन्तरक्रिया गर्नुभयाे।
बिहान बाम गठबन्धनका नेता-कार्यकर्तासँग संक्षिप्त भेटघाटपछि प्रचण्डले ८ बजे शिबनगरका सुकुम्बासीसँग अन्तरक्रिया गर्नुभयाे। अन्तरक्रियामा अध्यक्ष प्रचण्डले सुकुम्बासी समस्याकाे स्थायी समाधानका लागि अाफूले पहल गरेकाे बताउनु भयाे। अन्तरक्रियामा प्रचण्डले सुकुम्बासीका समस्याबारे चासाे राख्नुभयाे।
अन्तरक्रियापछि प्रचण्डले शिबनगर क्षेत्रका सुकुम्बासी क्षेत्रमा घरदैलाे र अन्तरक्रिया गर्नुभयाे। घरदैलाेपछि शिबनगर चाेकमा अायाेजित काेण सभालाई प्रचण्डले संक्षिप्त सम्बाेधन गर्नुभयाे। काेण सभापछि अध्यक्ष प्रचण्डले राधापुर क्षेत्रमा घरदैलाे गर्नुभयाे, त्यसपछि उहाँले सुन्दर बस्ती क्षेत्रमा अायाेजित काेण सभालाई सम्बाेधन गर्नुभयाे।
काेण सभालाई सम्बाेधनसँगै प्रचण्डले सुन्दर बस्तीमा सञ्चालन भएकाे साझा मेसमा खाना खाएर फेरि जनतासँग अन्तरक्रिया थाल्नुभयाे। दिउँसाे २ बजे चितवनकाे रामनगरमा नेकपा एमालेसम्वद्ध पेशागत महासंघ नेपालले अायाेजना गरेकाे बनभाेज कार्यक्रमलाई प्रचण्डले संक्षिप्त सम्बाेधन गर्नुभयाे।
बनभाेज कार्यक्रमलाई सम्बाेधनपछि प्रचण्डले भरतपुरमै एमाले र माअाेवादी सम्वद्ध कानून व्यवसायीहरुसँग संक्षिप्त अन्तरक्रिया गर्नुभयाे। अन्तरक्रिया पश्चात् भरतपुर महानगर-२२ का पदमपाेखरी, बाक्लाेटाेल, टाउन, पटाहनी, बनकट्टा र बाेटेटाेलमा अायाेजित ६ वटा काेण सभालाई सम्बाेधन गर्नुभयाे भने उक्त क्षेत्रका जनतासँग भेटघाट र घरदैलाे कार्यक्रम सञ्चालन गर्नुभयाे।
घरदैलाे, काेणसभा र अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले मूख्यतय: ३ विषयमा अाफ्नाे धारणा राख्नुभयाे। कम्युनिष्ट एकता र तालमेलकाे अाैचित्यबारे प्रचण्डले भन्नुभयाे, “देशमा एउटै कम्युनिष्ट केन्द्र बनाउने नेपाली जनताकाे सपना हामी साकार पार्दैछौं। यसबाट काेही पनि झस्कन अावश्यक छैन। अब देशमा बामपन्थीहरुकाे बहुमतकाे सरकार बन्छ, देशकाे विकास र समृद्धिले गति लिन्छ, देश अब समृद्धिकाे नयाँ युगमा प्रवेश गर्छ।”
समसामयिक राजनीतिबारे प्रचण्डले भन्नुभयाे, “हिजाे रुकुममा जनार्दन शर्मामाथि ग्रिनेड हानियाे। अाज वर्षामान पुन चढेकाे गाडी नजिक माइन्ड बिस्फाेट गराइयाे। केही दिन अघि हतियारधारी समूह समातिए। अझ मूख्य कुरा त बहालवाला मन्त्रीले नै उनीहरुलाई छुटाउन विज्ञप्ति जारी गरेका छन्। याे सामान्य कुरा हाेइन। विभिन्न कसरतमा पनि निर्वाचन राेक्न नसकेपछि सरकार नै विभिन्न शक्तिलाई प्रयाेग गरेर चुनाव राेक्न त खाेज्दै छैन भन्ने गम्भीर प्रश्न जन्मिएकाे छ। चुनाव राेक्न खाेजिए त्याे हाम्रा लागि मान्य हुन सक्दैन।”
चितवनकाे विकासबारे अध्यक्ष प्रचण्डले भन्नुभयाे, “चितवनकाे अभिमत लिएर देशकाे नेतृत्व गर्ने साेच छ। चितवन जिल्लालाई नै अन्तर्राष्ट्रिय स्तरकाे शहर बनाउन सकिन्छ। यहाँका सडक, विद्यालय, खानेपानी लगायतका पूर्वाधार विकास मेराे प्राथमिकतामा छन्। चितवनलाई शिक्षा र स्वास्थ्यकाे हब बनाउन सकिन्छ। नारायणी र राप्तीमा तटबन्ध गरेर रिङराेङ बनाउने अनि चितवनकाे पर्यटनमा क्रान्तिकारी विकास गर्ने साेच छ। कृषि र निकुञ्ज पीडित जनताका समस्या समाधानलाई मैले उच्च प्राथमिकतामा राखेकाे छु।”
दिनभरकाे घरदैलाे र अन्तरक्रियामा चितवन ३ (ख) का उम्मेद्वार रामलाल महताे, एमाले नेता देवी ज्ञवाली, राप्रपाबाट माअाेवादीमा प्रवेश गरेका नेता बद्री तिमिल्सिना लगायतले बाेल्नुभएकाे थियाे। घर दैलाेका क्रममा जनतामा निकै ठूलाे उत्साह देखिएकाे थियाे। अभियानमा स्थानीय जनताले प्रचण्डलाई माला र पुष्पगुच्छाले स्वागत गरेका थिए।

कात्तिक ७, २०८१ बुधबार १५:१४:७