अध्यक्ष प्रचण्डको भेटघाट समय परिवर्तन

काठमाडौं, २० चैत । अध्यक्ष प्रचण्डको बिहान ८ बजेबाट हुने गरेको भेटघाट समय परिवर्तन गरी दिउँसो ३ बजेबाट हुने निर्धारण गरिएको छ । हिजो बसेको पार्टीको स्थायी समिति बैठकको निर्णय अनुसार बिहान समयको दबाब रहने र भेटघाट छोटो हुने गरेकोले, विशेष बैठकहरु र अध्ययनमा समय दिनुपर्ने भएकोले समय परिवर्तन गरिएको छ ।

जनसमुदाय, शुभेच्छुक र पार्टीका नेता तथा कार्यकर्ताहरुसँग बढीभन्दा बढी समय उपलब्ध गराउने उद्देश्यले स्थायी समितिको बैठकले दिउँसो ३ बजेदेखि भेटघाटको समय निर्धारण गरेको छ ।

कात्तिक ७, २०८१ बुधबार ११:१३:५८