अध्यक्ष प्रचण्डद्वारा घाइते तथा अपाङ्ग योद्धाका समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण (बुँदासहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्ध घाइते तथा अपांग योद्दाहरुले भोग्नुपरेका समस्याका बारेमा ध्यानाकर्षण गराउनुभएको छ । आज बिहान वीर अस्पतालमा रहेका जनयुद्दका घाइतेहरुलाई भेटपछि बालुवाटार पुगेका प्रचण्डले घाइते भई अपांगता भएका व्यक्तिहरुको अपांगता प्रतिशत तथा पुनरावलोकन कार्यविधिलाई संशोधन गर्नुपर्ने माग सहितको ध्यानाकर्षण गगराउनु भएको छ ।
अध्यक्ष प्रचण्डले उठाएका मुख्य विषयहरु यसप्रकार छन् ।

सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि–२०७४ लाई संशोधन

द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुको लागत संकलन कार्यदलमा सूचीकृत हुन छुटेका घाइते तथा अपाङ्गताहरुलाई सूचीकृत गराउने

सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुलाई सुबिधा सहित गणतान्त्रिक सेनानीको परिचय पत्र र सम्मान पत्र वितरण

जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलन लगायतका प्रगतिशील आन्दोलनमा सहिद हुनुभएकाहरुको परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने

पुरक बजेटको व्यवस्थालाई कार्यविधि बनाई यथाशीघ्र कार्यान्वयन गराउने

सशस्त्र द्वन्द्वका क्रममा जेल जीवनयापन गरी यातनाले पीडित भएका व्यक्तिहरुलाई सम्मान पत्रसहित राहत उपलब्ध गराउने ।

कात्तिक ७, २०८१ बुधबार २३:४५:५४