अध्यक्ष प्रचण्डद्वारा जारी प्रेस विज्ञप्ती: २०७३ बैशाख २२ गते बुधवार

CMPrachanda_Press_statement-073-1-22प्रेस विज्ञप्ती
राष्ट्रिय स्वाधिनता एवम् स्वाभिमानको रक्षा, शान्ति प्रक्रियाको बाँकी कार्यभार, राजनीतिक समस्यालाई वार्ताद्वारा समाधानसहित संविधान क्रियान्वयन र पुनर्निर्माणको कार्यलाई केन्द्रबिन्दुमा राखेर हाम्रो पार्टीले राष्ट्रिय सहमतिमा जोड दिँदै नेकपा (एमाले) को नेतृत्वको वर्तमान सरकार गठन गर्न पहल गरी सहभागी भएको हो । हाम्रो पार्टीले उपयुक्त विषयहरुमा लगातार सरकार एवम् एमाले नेतृत्वसँग गम्भीर ध्यानाकर्षण गराएका हौं । तर वर्तमान नेतृत्व अन्तर्गत सरकारले त्यस दिशामा परिणाममुखी कार्य अगाडि बढाउन सकेको देखिएन । यस स्थितिमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समेत हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन गरी उपरोक्त कार्यभार पुरा गर्न प्रस्ताव सहित सहमति जनाएको स्थितिमा हाम्रो पार्टी, नेकपा एमाले तथा राप्रपा नेपाल, जनअधिकार फोरम (लोकतान्त्रिक) लगायतका सबै पार्टीलाई हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन गरी साझा कार्यभार पुरा गर्ने प्रक्रियामा अघि बढ्न अपील गर्दछ ।
२२ बैशाख, २०७३
………………………….
प्रचण्ड
अध्यक्ष
एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)

कात्तिक ६, २०८१ बुधबार ५:१६:३८