यति बेला सरकारका बारेमा गम्भीर प्रश्न उठेका छन्ः अध्यक्ष प्रचण्ड (फोटो फीचर)

गोरखा, २२ बैशाख । अध्यक्ष प्रचण्डले सरकारका बारेमा यतिबेला गम्भीर प्रश्नहरु एठेको बताउनु भएको छ । नेपाल सरकारबाट उपलब्ध हुने राहत सम्झौता कार्यक्रमका सिलसिलामा आज बिहान गोरखाको हिमाली गाउँ गुम्दा पुग्नुभएको अध्यक्षले यस्तो बताउनु भएको हो । अध्यक्षले भन्नुभयो, ‘यस बारेमा हाम्रो पार्टी र अन्य पार्टीहरु बीचमा छलफल भईरहेको छ ।’

अध्यक्षले सो अवसरमा ५ वटा माओवादी पार्टीहरुबीच एकता केही दिनभित्रै हुने बताउँदै एमाओवादी २ वर्षमा देशकै १ नम्बरको पार्टी बन्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘भूकम्प गएको एक वर्ष पछि तपाईहरुमा नयाँ उत्साह र नयाँ आत्म विश्वास पलाएको महशुस भएको छ ।’
उहाँ आज नै लाप्राक, बारपाक लगायतका गोरखाका गाउँहरुमा राहत सम्झौता कार्यक्रम र भौतिक संरचनाहरुको शिलान्यासका क्रममा त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

gorkha-cmprachanda (2)gorkha-cmprachanda (4)gorkha-cmprachanda (3)gorkha-cmprachanda (1)gorkha-cmprachanda (5)

कात्तिक ७, २०८१ बुधबार ७:२०:५७