अध्यक्ष प्रचण्डद्वारा दिवंगत पूर्वराष्ट्रपतिप्रति श्रद्धान्जली व्यक्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनप्रति दुःख व्यक्त गर्नुभएकाे छ । उहाँले एक शोक वक्तव्य जारी गर्दै मुखर्जीको निधनले आफू स्तब्ध तुल्याएको भन्दै उहाँप्रति श्रद्धान्जली व्यक्त गर्नुभएकाे हाे ।

‘उहाँको दुःखद निधनले दक्षिण एसियाले एक परिपक्व र अनुभवी बौद्धिक नेता एवं नेपालले एक अनन्य मित्र गुमाएको छ,’ प्रचण्डले शोक वक्तव्यमा भन्नुभएकाे छ, ‘मैले प्रधानमन्त्रीको हैसियतले राष्ट्रपतिको रूपमा नेपालमा स्वागत गर्न पाएको अवसरको स्मरण गर्दै यस दुःखद् क्षणमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु । शोक सन्तप्त भारत सरकार र सम्पूर्ण भारतीय नागरिकमा गहिरो समवेदना प्रकट गर्दछु ।’

कोरोना संक्रमणबाट ८४ वर्षीय पूर्वराष्ट्रपति मुखर्जीको साेमबार साँझ निधन भएको हाे । मस्तिष्कको सर्जरी गर्नुभन्दा पहिले गरिएको उहाँकाे परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कात्तिक ६, २०८१ बुधबार ३:२६:३५