अध्यक्ष प्रचण्डद्वारा प्रधानमन्त्रीकाे स्वास्थ्यस्थितिबारे जानकारी

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले सम्माननीय प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीलाई साँझ महाराजगञ्जस्थित शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भेटेर उहाँको पछिल्लो स्वास्थ्य अवस्थाका बारे जानकारी लिनुभएको छ ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा धेरै राम्रो प्रगति भएको आफू पाएको बताउनुभयो । प्रधानमन्त्री ओलीले उपचुनाव, पार्टी गतिविधि लगायतका विषयमा जिज्ञासा राख्नु भएको थियो ।

देश तथा विदेशमा रहेका सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक÷शुभचिन्तक जनसमुदायले प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे चासो र चिन्ता व्यक्त गरेको र स्वास्थ्यमा आएको क्रमिक सुधारको समाचारले सबैमा खुसीको सञ्चार भएको भेटका क्रममा अध्यक्ष प्रचण्डले उहाँलाई बताउनुभएको थियो । साे अवसरमा अध्यक्ष प्रचण्डले बाहिर पार्टी कामको कुनै चिन्ता नलिई आफ्नो स्वास्थ्य ख्याल गर्न प्रधानमन्त्रीसँग आग्रह गर्नभएको थियो ।

कात्तिक ८, २०८१ शुक्रबार २:३:१४