अध्यक्ष प्रचण्डद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थिति बारे जानकारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहिवार राति शिक्षण अस्पताल महाराजगञ्ज भर्ना हुनुभएका प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई आज बिहान भेटी स्वास्थ्य अवस्था बारे जानकारी लिनुभएको छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा भएको प्रगति र विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा फैलिन नदिन सरकार र पार्टीले लिएका पहलकदमी बारे छलफल भएको थियो ।

कात्तिक ८, २०८१ शुक्रबार ०:७:२५