अध्यक्ष प्रचण्डद्वारा पूर्वसांसद पण्डितप्रति श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट आन्दोलनमा लामो समय बिताएका दिवङ्गत वामपन्थी नेता तथा पूर्वसांसद गणेश पण्डितको पार्थिव शरीरमा पुष्पहार चढाइ श्रद्धाञ्जली अर्पण गर्नुभएकाे छ ।

नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आज अध्यक्ष प्रचण्डले उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएकाे हाे ।

फागुन २१ गते नुवाकोटको एक पूजा कार्यक्रममा सरिक हुन जाने क्रममा हृदयघातबाट गम्भीर घाइते हुनुभएका ७२ वर्षीय पण्डितको उपचारका क्रममा निधन भएको थियो । दिवङ्गत नेता पण्डितका जीवनसङ्गिनी सावित्रीसहित, छोरा राजकुमार, किशोर र दिनेश तथा छोरी कल्पना, सफला र सुलोचना हुनुहुन्छ ।

कात्तिक ९, २०८१ शुक्रबार १२:१२:४०