अध्यक्ष प्रचण्डद्वारा प्रथम मेयर कप अन्तराष्ट्रिय महिला भालिबल प्रतियोगिताको उदघाटन

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रथम मेयर कप अन्तराष्ट्रिय महिला भालिबल प्रतियोगिताको उदघाटन गर्नु भएको छ ।

शनिबारदेखि चितवनको पटयानीमा सुरु भएको प्रथम मेयर कप अन्तराष्ट्रिय महिला भालिबल प्रतियोगिता को उदघाटन गर्दै अध्यक्ष प्रचण्डलेस्वस्थ नागरिक निर्माण गरि समृद्दीतर्फ अघि बढ़न खेल क्षेत्रको निक़ै ठूलो भूमिका रहेको बताउनु भयो ।

‘खेल प्रतियोगिताले खेलकूद र खेलाडिको मात्र नभएर देशको सम्बृद्धि र एकतामा योगदान पुर्याउने वहाँले बताउनुभयो ।” २१ औं शताब्दीमा खेल क्षेत्रको अन्तराष्ट्रिय भाइचारा र एकतामा पनि महत्वपूर्ण योगदान गर्छ । अझ त्यो भन्दा धेरै क्षेत्रीय एकतालाई थप मजबुत हुन मदत गर्छ ।’ अध्यक्षले भन्नुभयो ।

‘स्वस्थ्यका लागि खेलकूद, राष्ट्रका लागि लागि खेलकूद’ भन्ने नाराका साथ चितवनको पटियानीमा आयोजित प्रथम मेयर कप अन्तराष्ट्रिय महिला भलिबल
प्रतियोगितामा नेपाल, भारत र बांग्लादेशका महिला भलिबल टीम सहभागी छन् ।

अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले नै भलिबललाई नेपालको राष्ट्रिय खेल बनाउने निर्णय गरेको थियो ।

कात्तिक ८, २०८१ बिहीबार ९:१:२५