अध्यक्ष प्रचण्डद्वारा मेयर रेणु दाहालसहित एक दर्जनलाई सम्मान प्रदान

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले। चितवनका बिभिन्न व्यक्तित्वहरुलाई सम्मान पत्र प्रदान गर्नु भएको छ ।

भरतपुर महानगरपालिका–२२ पदमपोखरीस्थित अमर माध्यमिक विद्यालयको वार्शिकोत्सवका अवसरमा प्रमुख अतिथिको हैसियतले अध्यक्ष दाहालले पूर्वविद्यार्थीतथा भरतपुर महानगरपालिकाकी नगर प्रमुख (मेयर) रेणु दाहल लगायतलाई सम्मान पत्र प्रदान गर्नु भएको हो ।


विद्यालयको वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेयर दाहाललाई सम्मानित गरेका हुन् ।

विद्यालयको ६३ औं वार्षिकोत्सव समारोहको अवसरमा विभिन्न क्षेत्रमा प्रगति गरेका पूर्वविद्यार्थीलाई सम्मानित गर्ने क्रममा मेयर दाहाल सम्मानित भएकी हुन् । चितवनको प्रदेश ३ (ख)का प्रदेशसभा सदस्य रामलाल महतो, जिल्ला समन्वय समिति चितवनकी सदस्य सिता पुन, भरतपुर महानगरपालिका वडा नम्बर–१० का अध्यक्ष अरुण भण्डारी, वडा नम्बर २२ का अध्यक्ष विष्णु महतो, सदस्यहरू सोमबहादुर गुरुङ, देउमाया विक र प्रेमबहादुर थापा, वडा नम्बर १४ का अध्यक्ष प्रकाश गुरुङ तथा गायक अमर विरही गुरुङ र सागर आलेलाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रचण्डले विद्यालयसँग आफ्नो राजनीतिक मात्र नभई पारिवारिक र विशिष्ट सम्बन्ध रहेको बताउनु भयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘चुनाव प्रचारका बेला एमाले र माओवादी एकता गरिछाड्ने भनेर गरेको संकल्प र प्रतिवद्धता पूरा गरिएको छ । यसले पहिलो खुड्किलो पार भएको छ । अब पार्टी र सरकार दुबैले विकास र समृद्धिको लागि काम गर्छ ।’

विद्यालयको शैक्षिक र भौतिक सुधारका लागि सहयोग गर्न आफू प्रतिवद्ध रहेको अध्यक्षले भन्नुभयो। चितवनबाट निर्वाचित भएको सांसद भएकाले तटबन्ध, रिङरोड र तारजालीको व्यवस्थापन गर्ने जिम्मेवारी आफ्नो काँधमा रहेको वहाँले बताउनु भयो ।

कात्तिक ९, २०८१ शुक्रबार १५:३:१८