अध्यक्ष प्रचण्डद्वारा सोमेश्वरगढी अवलोकन

चितवन । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माडीको प्रमुख धार्मिक पर्यटकीय स्थल सोमेश्वरगढी अवलोकन गर्नुभएकाे छ । शुक्रबार बिहान ‘मर्निङ वाक’ मा निस्किनुभएका उहाँले सोमेश्वरगढीको अवलोकन गर्नुभएकाे हाे ।

‘मर्निङ वाक’ को क्रममा करिब एक किमि पैदल हिड्दैअध्यक्ष प्रचण्ड सोमेश्वर पुग्नुभएकाे थियाे । अवलोकनको क्रममा अध्यक्ष प्रचण्डले गढीमा कुँदिएका ५३ वटा कलात्मक विशालमूर्तिहरुको अवलोकन पनि गर्नुभयाे । सोमेश्वरगढी भ्रमण वर्षका लागि छनौट भएका एक सय गन्तव्य मध्येको एक हो ।

भरतपुर महानगरका मेयर रेनु दाहाल, स्वकीय सचिव गंगा दाहाल, माडीका मेयर ठाकुरप्रसाद ढकाल, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, चितवन प्रहरी प्रमुख ओमप्रसाद अधिकारी सहितको टोली सोमेश्वरगढी पुग्नुभएकाे थियाे ।

सोमेश्वरगढीमा रहेका ढुंगाहरुमा २०७७ सालमा मूर्ति कुँदिएको थियो । नेपाल र भारतको सिमामा रहेको सोमेश्वरगढीमा सीमा स्तम्भ समेत छ ।

कात्तिक ८, २०८१ बिहीबार १२:४:२५