ओलीलाई नैतिकताको आधारमा राजीनामा गर्न अध्यक्ष प्रचण्डको आग्रह (भिडियाे)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने आदेश गरेसँगै प्रधानमन्त्री केपी ओलीलाई अब अलिकति लाज भए राजीनामा दिन आग्रह गर्नुभएकाे छ ।

भोली चितवनमा हुने कार्यक्रमलाई लक्षित गरेर चितवनको भरतपुरमा रहेका उहाँले अब राजीनामा नदिए ओली कुडाकर्कटमा मिल्किने उल्लेख गरेका छन् । उनले केपी ओलीको भुलभुलैवामा भुलेर गएकाहरुलाई पार्टीमा फर्किन समेत आग्रह गर्नुभएकाे छ ।

ओलीसँग गएका सांसदलाई आफूहरूले नेतृत्व गरेको नेकपामा स्वागत गर्न आफु तयार रहेको भन्दै अध्यक्षले फर्किन सबै समक्ष अपील समेत गर्नुभएकाे छ । उहाँले सम्बोधनको क्रममा भन्नुभयाे–‘केपी ओलीको भ्रम थियो, अब सबै भ्रममुक्त हुनुस्, र सबै काममा फर्किनुस् ।’

उहाँले अब हुने विरोध जुलुसलाई विजय जुलुसमा परिवर्तन गरेर मनाउन सबै नेता, कार्यकर्ता समक्ष आग्रह समेत गर्नुभएकाे छ ।

कात्तिक ७, २०८१ बुधबार १७:१६:२८