अध्यक्ष प्रचण्डबाट राजनीतिक प्रतिवेदन प्रस्तुत (फाेटाे फिचर)

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीकाे ८औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएकाे छ । सोमबार बिहान साढे ११ बजेबाट सुरु भएको बन्दसत्रमा अध्यक्ष प्रचण्डले ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक एवम् राजनीतिक दस्तावेज प्रस्तुत गर्नुभएकाे हाे । अध्यक्षले पेश गर्नुभएकाे प्रस्तावमाथि समूहगत छलफलकाे प्रक्रिया सुरू भएकाे छ । अध्यक्षले पेस गर्नुभएकाे उक्त प्रस्तावमाथि छलफल गर्न विभिन्न २५ समूह विभाजन गरिएको छ।

बन्द सत्र सञ्चालनका लागि पार्टी स्थायी समिति सदस्य कृष्णबहादुर महराको अध्यक्षतामा गिरिराजमणि पोखरेल, गणेश साह, पर्शुराम तामाङ, पूर्णाकुमारी सुवेदी, पर्शुराम रम्तेल र रुपा महर्जन सदस्य रहेको ७ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ ।

त्यसैगरि उक्त प्रस्तावमाथि छलफल गर्न विभाजन गरिएका विभिन्न २५ समूहहरू निम्न रहेका छन् ।

१) जेष्ठ कम्युनिस्ट मञ्च (प्रज्ञा भवन )
२)सल्लाहकार परिषद् (प्रज्ञा भवन)
३)सल्लाहकार परिषद् ( प्रज्ञा भवन)
४)प्रदेश १ क.( भानुभक्त हल प्रज्ञा)
५)प्रदेश १ ख.(भानुभक्त हल प्रज्ञा)
६)प्रदेश २ क.( पारिजात हल प्रज्ञा )
७)प्रदेश २ ख.(पारिजात हल प्रज्ञा)
८)लुम्बिनी क.(पुस्तकालय हल प्रज्ञा)
९)लुम्बिनी ख.(पुस्तकालय हल प्रज्ञा)
१०)गण्डकी क.(पेरिसडाँडा )
११)गण्डकी ख.(पेरिसडाँडा)
१२)प्रवास( पेरिसडाँडा)
१३)कर्णाली क.(ए वान पार्टी प्यालेस )
१४)कर्णाली ख.(ए वान पार्टी प्यालेस )
१५)सुदुपश्चिम क(ए वान पार्टी प्यालेस)
१६)सुदुपश्चिम ख( ए वान पार्टी प्यालेस)
१७)विभाग क.(क्वालिटी ब्याङ्क्विट)
१८)विभाग क.(क्वालिटी ब्याङ्क्विट)
१९)उपत्यका विशेष प्रदेश (क्वालिटी ब्याङ्क्विट)
२०)सम्पर्क समन्वय क. (क्रिष्टल पार्टी प्यालेस)
२१)सम्पर्क समन्वय ख.(क्रिष्टल पार्टी प्यालेस
२२)वागमती क.(वानेश्वर ब्याङ्क्विट)
२३)वागमती ख.(वानेश्वर ब्याङ्क्विट)
२४) आयोग (काठमाडौं ब्याङ्क्विट)
२५)जवस,मोर्चा इन्चार्ज ,कार्यालय,एकता (काठमाडौं ब्याङ्क्विट)

कात्तिक ६, २०८१ बुधबार २:२५:८