अध्यक्ष प्रचण्डबाट सचिव अनन्तको स्वास्थ्यस्थिति बारे जानकारी

काठमाडौं, २७ माघ । अध्यक्ष प्रचण्डले थाइल्याण्डमा उपचार गराई स्वदेश फर्कनुभएका पार्टीका सचिव वर्षमान पुन ‘अनन्त’को स्वास्थ्य स्थितिबारे जानकारी लिनुभएको छ । आज बिहान अध्यक्ष प्रचण्ड उहाँको निवास पुगी स्वास्थमा भईरहेको प्रगतिबारे जानकारी लिनुभयो । सचिव अनन्त हिजो मात्रै स्वदेश फर्कनुभएको हो ।

जन्डिस रोगको उपचारका क्रममा उहाँ करिव दुई महिना उपचारपछि स्वदेश फर्किनु भएको हो । शरीरमा जन्डिसको मात्रा बढेसँगै स्वास्थ्यस्थिति जटिल बनेपछि दिल्लीपछि उपचारका लागि सचिव अनन्तलाई २१ मंसिरमा बैंककस्थित समितिभेज अस्पतालमा भर्ना गरिएको थियो ।

कात्तिक ७, २०८१ बुधबार ९:१५:१८