अध्यक्ष प्रचण्डले कार्यकर्ता माझ भन्नुभयो, अब माओवादी एकतालाई कसैले रोक्न सक्दैन

गोरखा, १६ फागुन । अध्यक्ष प्रचण्डले अब माओवादी पार्टीहरु बीचको एकतालाई कसैले रोक्न नसक्ने बताउनु भएको छ । गोरखामा हिजो दिउँसो जिल्ला स्तरीय वैचारिक राजनीतिक कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । अध्यक्षले भन्नुभयो, ‘एकाध नेताहरुले नमाने पनि ५ वटै माओवादीहरु एक ठाउँमा हुनेछन् ।’ उहाँले यति मात्र नभएर अन्य पार्टीमा भएका क्रान्तिकारीहरु बीच पनि एकता हुने बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘किरणजीसँग फुट भयो तर गोरखा जिल्ला सहिको पक्षमा अडीग रह्यो । पछिल्लो चरणमा बाबुरामजीले छोड्नुभयो तर यो जिल्ला एक ढिक्का नै छ ।’

अध्यक्षले कार्यकर्तालाई प्रशिक्षणका क्रममा भन्नुभयो, ‘भूकम्पबाट पैदा भएको राजनैतिक परिस्थितिलाई सम्हाल्न हामीले नै नेतृत्वदायी भूमिका निर्वाह गर्यौं । संविधान निर्माणमा पनि हामीले हाम्रो हैसियत भन्दा पनि माथिको संविधान घोषणा गर्यौ । प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव तथा सरकारका उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायामाझीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा गोरखा जिल्लाका अध्यक्ष लेखबहादुर मगरको अध्यक्षतामा र जिल्ला नेतृ कमला नहर्कीको सञ्चालनमा सम्पन्न भएको थियो । प्रशिक्षण कार्यक्रममा ३ वटै निर्वाचन क्षेत्रका क्षेत्रीय इन्चार्जहरुले आफ्नो क्षेत्रको रिपोर्टिङ गर्नुभएको थियो ।

gorkha_schooling

कात्तिक ७, २०८१ बुधबार १३:८:३