हावाहुरीमा मृत्यु भएका हरेक परिवारलाई पार्टीले ५ लाख दिन्छ: अध्यक्ष प्रचण्ड

बारा । पूर्व प्रधानमन्त्री  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका तर्फबाट बारा र पर्सामा हावाहारीका कारण मृत्यु भएका परिवारलाई प्रतिपरिवार ५ लाख रुपैयाँ दिने घोषणा गर्नुभएकाे छ । मंगलबार बाराको फेटा गाउँपालिका ६ बरैनियाँ पुग्नुभएकाे अध्यक्ष प्रचण्डले मृतक परिवारलाई प्रतिपरिवार ५ लाख रुपैयाँ दिने घोषणा गर्नुभएकाे हाे।

राहत वितरण गर्दै प्रचण्डले भन्नुभयाे, ‘हावाहुरीका कारण मृत्यु भएका परिवारका लागि पार्टीको तर्फबाट प्रतिपरिवार पाँच लाख दिने व्यवस्था गर्छौं, त्यसका लागि मैले आवश्यक पहल गर्नेछु । उहाँले बालीनाली नष्ट भएकाहरूलाई राहतकाे व्यवस्था, हावाहुरीले ध्वस्त घर बनाउन सरकारले सहयाेग गर्ने र अस्पतालमा उपचाररत घाइतेहरुकाे निःशुल्क स्वास्थ्य उपचारकाे व्यवस्था गर्ने बताउनुभयाे ।

’उनले मधेस शोकमा रहेका बेला सिंगो देशले सहयोग गर्नुपर्ने बताउनुभयाे। हावाहुरीबाट प्रभावितलाई भेट्न मधेस गएका प्रचण्डले मंगलबार नै पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालका साथै का विभिन्न अस्पतालहरूमा उपचाररत घाइतेहरुलाई पनि भेट्नुभएकाे थियाे । पीडित परिवारलाई भेट्दै प्रचण्डले भन्नुभयाे, ‘मृतकका परिवारलाई कम्तिमा पाँच लाख उपलब्ध गराउनेछौं। त्यसका साथै हावाहुरीका कारण भत्किएका घरहरुको पूनर्निर्माण राज्यले गर्छ ।’ अध्यक्षले पीडामा रहेका जनतामाझ अाफूपनि संगै रहेकाे बताउँदै वाइसियल नेपाल, युवा संघ नेपाल र विद्यार्थीहरूले संकलन गरेका राहत पनि वितरण गर्नुभएकाे थियाे ।

कात्तिक ९, २०८१ शुक्रबार १४:८:३