अध्यक्ष प्रचण्डसँग प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूतको भेट

काठमाडौं, २५ असार । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत किम योंग हकले केन्द्रीय कार्यालय पेरिसडाँडामा भेट गर्नुभएको छ । भेटमा नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पनि सहभागी हुनुहुन्थ्यो ।

भेटका अवसरमा उत्तर कोरियाली राजदूत हकले उत्तर कोरिया स्थापनाको ७७ औं बर्षको उपलक्ष्यमा अध्यक्ष प्रचण्डलाई आगामी भाद्र २४ (सेप्टेम्बर ९) गते उत्तर कोरिया भ्रमणको लागि औपचारिक निम्ता पत्र हस्तान्तरण गर्नुभयो ।

उक्त निम्ता सत्तारुढ वकर्स पार्टी अफ कोरियाको तर्फबाट दिइएको थियो । निम्तापत्र ग्रहण गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टी उत्तर कोरियामा भ्रमण टोली पठाउन तयार रहेको बताउनु भयो ।

उहाँले पछिल्लो पटक कोरियन उपमहाद्धिपमा भइरहेको तीब्र राजनैतिक तथा कुटनैतिक बिकासक्रम प्रति खुशी व्यक्त गर्दै यसले विश्वमा सकारात्मक सन्देश प्रवाह भइरहेको बताउनु भयो ।

कात्तिक ७, २०८१ बुधबार १८:१०:४