अध्यक्ष प्रचण्डसँग भारतीय राजदूत रेको भेट

काठमाडौं, १९ माघ । नेपालका लागि भारतीय राजदूत रञ्जित रेले अध्यक्ष प्रचण्डसँग आज बिहान भेटवार्ता गर्नुभएको छ । अध्यक्ष निवास लाजिम्पाटमा भएको भेटमा नाकाबन्दी, मधेस आन्दोलन र दलहरुबीच भईरहेको छलफलको प्रगतिबारे कुराकानी भएको छ । भेटमा अध्यक्ष प्रचण्डले नाकाबन्दी छिटोभन्दा छिटो अन्त्य गर्न भारतीय राजदूतलाई आग्रह गर्नुभएको थियो । साथै भारतीय राजदूत रेले दलहरुबीच सहमति भए नाकामा भएको अवरोध चाँडै अन्त्य हुने बताउनु भयो ।

कात्तिक ६, २०८१ बुधबार २:२९:५८