अध्यक्ष प्रचण्डसँग सातै प्रदेशका प्रदेश प्रमुखहरुको भेट

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सातै प्रदेशका प्रदेश प्रमुखहरुले भेटवार्ता गर्नुभएको छ ।

भेटका अवसरमा प्रदेश प्रमुख कार्यालयमा भएका समस्या लगायत विविध विषयहरुमा कुराकानी भएको थियो ।

सो अवसरमा अध्यक्ष प्रचण्डले प्रदेश प्रमुख कार्यालयमा भएका समस्याहरुका बारेमा पार्टी र सरकारमा छलफल गरेर समस्याको हल गर्न प्रयत्न गर्ने बताउनुभयो ।

कात्तिक ८, २०८१ शुक्रबार २:७:४६