‘अब जनताको अवस्था बदलेर मुहारमा खुशी ल्याउने चाहना छ’

भरतपुर । नेकपा (माओवादी केन्द्र) तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री का अध्यक्ष प्रचण्डले देशमा व्यवस्था बदलिएपनि अवस्था जहाँको त्यही भएको भन्दै अब जनताको अवस्था बदलेर उनीहरुको मुहारमा खुशी ल्याउने चाहना रहेको बताउनुभएको छ ।

आइतबार भरतपुरमा पार्टी प्रवेश तथा समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बतउनुभएको हो । अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वमा दुई पटक सम्म सरकार सञ्चालन गर्दा जनताको मुहारमा खुशी ल्याउन सक्दो पहल गरेको पनि बताउनुभयो । उहाँले चितवनमा नमूना विकासको प्रयास गरेको उल्लेख गर्नुहुँदै त्यसलाई अब देशव्यापी विस्तार गर्ने पनि बताउनुभयो ।

अध्यक्ष प्रचण्डले निकै ठूलो त्याग र बलिदानबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको स्मरण गर्दै परिवर्तन उल्ट्याउन खोज्ने हर्कतहरुलार्य नेपाली जनताले कदापी सहन नसक्ने चेतावनी दिनुभयो। उहाँले माओवादी पार्टी नै देश र जनताको भविष्यको निम्ति लड्ने पार्टी भएकोले अब जनताको मुहारमा खुशी ल्याउन पनि माओवादीले नै नेतृत्व गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘चितवनमा अहिले नमूना विकासको प्रयास गरेका छौं, आगामी दिनहरुमा निकै ठूलो फड्कोका तीव्र गतिमा विकास र समृद्धिको नयाँ मोडेल चितवनले प्रदर्शन गर्नेछ ।’ चितवनको विकासको मोडेल देशैभरी विस्तारित गर्ने पनि उहाँको धारणा थियो ।

कार्यक्रममा क्रममा विजय सफल व्यवसायी वामपन्थी युवा नेता विजय घलेका साथै मुस्लिम समुदायका महत्वपुर्ण नेतृत्वहरू विभिन्न महिला समुहका युवाहरू माओवादीमा प्रवेश गर्नुभएको थियो । देशको परिवर्तनको मुलधारको नेतृत्व अध्यक्ष प्रचण्ड र माओवादी पार्टी नै भएको भन्दै उहाँहरु माओवादीमा प्रवेश गरेका बताउनुभएको थियो ।

असोज ५, २०८१ शनिबार ५:५४:३३