असार १४ गते निर्वाचन गर्ने मन्त्रीपरिषदको निर्णय

जेठ १७, काठमाडौं । नेपाल सरकार मन्त्रीपरिषदको बैठकले असार ९ गते गर्ने भनिएको स्थानीय तह दोस्रो चरणको निर्वाचन असार १४ गते गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले निर्वाचनको मिति पाँच दिन पछि सार्ने निर्णय गरेको हो । असार ९ गते मुस्लिम समुदायको चाड रमजान परेकाले निर्वाचनको मिति असार १४ गते सार्नु परेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले जानकारी दिनुभयो ।
निर्वाचन आयोगको परामर्शपछि सरकारले निर्वाचनको मिति सार्ने निर्णय गरेको हो । बैठकले श्रीलङ्काका बाढी पीडितहरुको सहयोगार्थ नेपाल सरकारले पचास हजार अमेरिकी डलर सहयोग गर्ने निर्णय पनि गरेको छ ।

कात्तिक ६, २०८१ बुधबार ४:१२:५६