आगामी निर्वाचन प्रतिगमन र प्रगतिशील बीचको लडाइँ हाेः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचन प्रतिगमन वा प्रगतिशीलको पक्षमा कता उभिने हो भन्ने ‘ब्याटल’ भएको बताउनुभएकाे छ । उहाँले रुख, हँसिया हथौडा र कलमलाई सहज रुपमा लिनुपर्ने भन्दै यसलाई आत्मसात गर्नुपर्ने बताउनुभयाे। ‘जुन दिनसम्म कांग्रेस र कम्युनिष्ट पानी बराबार भयो यसले ३० वर्षसम्म देशले के पायो’ उहाँले भन्नुभयाे ‘वामपन्थी र कांग्रेस मिल्दा गणेशमान सिंहलाई कमाण्डर मानेर जनआन्दोलन सफल भयो। तर फेरि यस्तै अवस्था भएपछि जनयुद्ध शुरु भयो।’

चारतारे झन्डा र हँसिया हथौडा नमिलाएको भए पञ्चायत ढाल्नेदेखि शान्तिप्रक्रिया मिलाउन सम्भव नभएको भन्नुहुँदै अध्यक्ष प्रचण्डले शान्तिलाई सम्पन्न गर्न रुखवालाले गर्वका साथ हँसिया हथौडामा र हँसिया हथौडावालाले रुखमा भोट हाल्न स्वीकार्नुपर्ने बताउनुभयाे।

कतिपय मर्न तयार तर आफ्नो चिह्न बाहेक भोट हाल्दिन भनेर लकिरको फकिर भएर हुँदैन ’ उहाँले भन्नुभयाे ‘आजको आवश्यकता एकता र सहकार्य नै हो।’ उहाँले गिरिजाप्रसाद कोइरालाको नाम लिँदै यसको गहिराईलाई विचार गर्न आग्रह गर्नुभयाे।

देशभर तालमेल गर्ने नीतिगत निर्णय गरेको भए पनि त्यो सम्भवन हुन नसकेो बताउँदै अध्यक्ष प्रचण्डले गठबन्धन एकठिक्का रहेको दाबी गर्नुभयाे। उहाँले गठबन्धनलाई धेरै पर लैजानुपर्ने अवस्था रहेको बताउनुभयाे। ‘कसैलाई छोरीको रुपमा, कसैलाई श्रीमतीको रुपमा प्रचार गरेर महिलाको क्षमताको अवमूल्यन गर्ने कोषिस एकथरी मानिसहरुले गरेका छन्,’ अध्यक्ष प्रचण्डले भन्नुभयाे, ‘म त्यो प्रवृत्तिको हृदयदेखि विरोध गर्न चाहन्छु ।’

‘हिजो युद्धको बेलामा, शान्तिको बेलामा ,संविधान निर्माणको बेलामा महिलालाई कसरी राष्ट्रको पक्षमा सदुपयोग गर्ने भनेर संविधानमा एउटा मूलभुत व्यवस्था गरिएको थियो, तर व्यवहारमा लागु गर्ने क्रममा कहिँ न कहिँ चुकिरहेका थियौं । अहिले यो प्रक्रिया अघि बढेको छ । म खुसी व्यक्त गर्न चाहन्छु,’ अध्यक्ष प्रचण्डले भन्नुभयाे । ‘अहिले जहाँ जहाँ महिला कार्यकारी भूमिका छन् त्यहाँ राम्रो काम भएको छ । महिलाहरु माथि विश्वास गर्ने देशकै आवश्यकता हो,’ उहाँले भन्नुभएकाे छ ।

कात्तिक ६, २०८१ बुधबार ३:२०:२९