‘मुलुककाे संरचनागत सुधार गरेर आर्थिक सुधारमा जानुपर्छ’(भिडियाे)

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा संरचनागत सुधार गरेर आर्थिक सुधारमा जानुपर्ने बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

देशलाई आत्मनिर्भरताको बाटोमा लान उद्योग व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण रहेको उहाँको भनाइ थियो। अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हामी पहिला खाद्यान्नमा निर्भर थियौ आत्मनिर्भर मात्र नभएर निर्यात पनि गथ्यौं तर अहिले हामी निर्यात भन्दा आयात धेरै गर्न थालेका छौं। गुन्द्रुकबाट चिनिएको नेपाल तर अहिले त्यही गुन्द्रुक पनि विदेश बाट ल्याउँदा उद्योग व्यवसाय फस्टाउन सकेको छैन।’

‘भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न’ भन्ने साइनबोर्ड राखेर भित्र भ्रष्टाचारबाहेक केही पनि नगर्ने व्यक्तिहरू मुलुक सञ्चालनमा रहेको उहाँले बताउनुभयो। अध्यक्षले मुलुकबाट भ्रष्टाचार अन्त्य गर्नका लागि निर्वाचन प्रणाली र शासकीय स्वरूपमा परिवर्तन गर्नुपर्ने स्पष्ट गर्नुभयो ।
संरचनामा देखिएका विकृति र विसंगतीलाई सुधार गर्नका लागि आफू लाग्ने उहाँको भनाइ थियो। ‘कैयौं प्रधानमन्त्रीहरूले भन्ने गरेको तपाईं(हामीले सुनेका छौं ‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न’ भन्ने साइनबोर्ड टाँग्ने, त्यो साइनबोर्डभित्र भ्रष्टाचारबाहेक गर्दै नगर्ने,’ अध्यक्षले भन्नुभयो, ‘के कारणले यो भइराखेको छ रु यो व्यक्तिको मात्रै दोष हो कि, यो प्रणालीमा कहीँ खोट छ रु आज हामी सबैले विचार गर्नुपर्ने विषय हो।’


असोज ४, २०८१ शुक्रबार १०:१९:१८