आयोजक समितिको बैठक गर्ने माओवादी केन्द्रको निर्णय

श्रावण २८, काठमाडौं । माओवादी केन्द्र केन्द्रीय कार्यालयको बैठकले भदौं ११ गते राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक गर्ने निर्णय गरेको छ ।
शुक्रबार बिहान लाजिम्पाटमा बसेको नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालयको बैठकले ११ गते भृकुटीमण्डपमा राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक गर्ने निर्णय गरेको हो ।
बैठकमा नेताहरुले स्थानीय तह पूनर्संरचनाबारे पार्टीको आधिकारिक धारणा तय गर्न थप छलफल गर्नुपर्ने आवश्यकता औल्याउनुु भएको थियो ।

कात्तिक ८, २०८१ बिहीबार १५:१६:४०