आर्थिक समृद्धिको माध्यम खेल क्षेत्र बन्न गएको छः अध्यक्ष प्रचण्ड (भिडियो)

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि देशको आर्थिक जीवनलाई प्रभावित पार्ने आर्थिक समृद्धिको माध्यम खेल क्षेत्र बन्न गएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित आठौं अन्तर्राष्ट्रिय सगरमाथा प्रतियोगिताको उद्घाटन गर्दै प्रचण्डले यस्तो बताउनुभएको हो ।

उहाँले खेल क्षेत्र मानव जीवन, सामाजिक जीवन र राष्ट्रिय जीवनको पनि महत्वपूर्ण क्षेत्र भएको पनि स्पष्ट गर्नुभयो । अध्यक्षले भन्नुभयो, ‘आज कुनै पनि देशको विकासको मापन खेलसँग सम्बन्धित हुन गएको छ । कुनै पनि देशको आर्थिक जीवनलाई प्रभावित पार्ने आर्थिक समृद्धिको माध्यम पनि खेल क्षेत्र बन्न गएको छ ।’

स्वस्थ अनुशासित नागरिकको विकासको निम्ति पनि खेल क्षेत्र ऐतिहासिक कालदेखि नै विशिष्ट भूमिका र महत्व रहँदै आएको उहाँको भनाई थियो । अध्यक्षले भन्नुभयो, ‘राष्ट्रिय एकता निर्माण गर्ने कुरा पनि खेल क्षेत्रले अत्यन्त महत्वपूर्ण भूमिका खेलेको छ । अन्तराष्ट्रिय भाइचार कायम गर्नमा पनि खेल क्षेत्रको भूमिका र महत्व निकै बढेर गएको छ । नेपालको खेल जगतले पनि प्रगति गर्दैछ । हाम्रो देशको हावापानी पनि खेलकूदका लागि असाध्यै अनुकूल वातावरण छ ।’ उहाँले काठमाडौं। राष्ट्रिय एकता कायम गर्न खेल क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउुनभयो ।

नेपालमा खेल क्षेत्रको विकासको लागि अनुकुल वातारण रहेको बताउनुहुँदै उहाँले आउने दिनमा खेल क्षेत्रले अझ फड्को मार्दै जाने बताउनुभयो।

नेपालले क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नौ प्रदर्शन बढाउदै लगेको उल्लेख गर्दै नेपालको खेल क्षेत्रले राम्रो गर्दै गएको अध्यक्ष प्रचण्डको भनाई थियो। उहाँले खेलमार्फत् खेलाडीले नेपाल र नेपालीको संयन्त्रलाई विस्तार गर्न सक्षम हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

कात्तिक ७, २०८१ बुधबार ९:१६:५६