उच्चस्तरीय राजनीतिक समन्वय समितिले गर्यो पाँच निर्णय

काठमाडौं, १७ माघ । उच्चस्तरीय राजनीतिक समन्वय समितिको आज बसेको बैठकले ५ वटा महत्वपूर्ण निर्णयहरु गरेको छ ।

सिंहदरबारमा साँझ ५ बजे बसेको बैठकले समितिको बैठक नियमित बस्ने, राष्ट्रवादी र देशभक्तहरुको सरकारको गठबन्धनलाई अझै सुदृढ र एकतावद्ध बनाएर लैजाने, सरकारको काम कार्वाहीको बारेमा प्रतिकूल परिस्थितिका बीच पनि सरकारले महत्वपूर्ण काम गर्न खोजेको र यसलाई अझै प्रभावकारीरुपमा लैजानु पर्ने, प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण राष्ट्रिय हितलाई ख्याल गर्दै दुई पक्षीय सम्बन्ध सुदृढ गर्न सुझाव दिएको र मधेसी मोर्चाले उठाउँदै आएका मागहरुलाई वार्ता र सम्वादबाट हल गरिनु पर्ने निर्णय गरेको छ ।

कात्तिक ६, २०८१ बुधबार १:३:११