उदाहरणीय शान्ति प्रक्रिया पुरा गरेकाे सन्देश दिने नेपालकाे अवसर गुमाउन हुन्नः अध्यक्ष (भिडियाे)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गरेर नेपालले विश्वमै उदाहरणीय ढंगले शान्ति प्रक्रियालाई पूरा गरेको सन्देश दिने अवसर गुमाउन नहुने बताउनुभएकाे छ ।

मानव अधिकारबादी नेता पदमरत्न तुलाधरको जिवनीमा आधारित पुस्तक ‘सर्वरत्न’ को बुधबार काठमाडौंका एक कार्यक्रमकाबीच विमोचन गर्दै उहाँले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सम्बन्धित सबै पक्षलाई सक्दो सहयोग गर्न आह्वान गर्नुभयाे ।

अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गर्न सरकारले सोसँग सम्बन्धित ऐन संशोधन गरेर सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगको नयाँ गठन प्रक्रिया सुरु गरिसकेको पनि जानकारी दिनुभयाे ।

प्रचण्डले स्वर्गीय तुलाधरले नेपालको भाषा आन्दोलन, पहिचानको आन्दोलन, लोकतान्त्रिक आन्दोलनको क्षेत्रमा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेको चर्चा गर्रेनुभयाे । उहाँले आफू नेतृत्वको तत्कालीन माओवादी विद्रोहीलाई शान्ति प्रक्रियामा ल्याउन स्वर्गीय पदमरत्न तुलाधरले पु-याउनुभएको योगदानको स्मरण पनि गराउनुभयाे ।

 

कात्तिक ७, २०८१ बुधबार १७:११:३६