उद्धार र राहत कार्यमा सक्रियतापूर्वक लाग्न सबैमा अध्यक्ष क. प्रचण्डद्वारा अपिल

काठमाडौं, साउन १३ गते । अध्यक्ष क. प्रचण्डले देशैभरी आएको निरन्तर मनसुनी भीषण वर्षा र बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) तथा व्यक्तिगततर्फबाट दुःख व्यक्त गर्नुभएको छ । उहाँले यथाशीर्घ उद्दार र राहातको कामलाई तीव्रता दिन सरकारको गम्भीर ध्यानकर्षण गराउँदै, देशैभरी आएको बाढी पहिरोमा परेका व्यक्तिहरूको उद्धार र राहत कार्यमा सक्रियतापूर्वक लाग्न हाम्रो पार्टीका सबै सम्बन्धित जिल्ला तथा स्थानीय पार्टी पंक्तिलाई निर्देशन दिँदै जनसमुदायलाई अपिल गर्नुभएको छ । अध्यक्ष क. प्रचण्डले पहिरो तथा बाढीमा परी मृत्यु हुनेहरूप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा परिवारजन प्रति गहिरो समवेदन व्यक्त गर्नुभएको छ ।

कात्तिक ८, २०८१ बिहीबार २०:६:१५