उद्योगी व्यवसायीद्धारा प्रधानमन्त्रीलाई बधाई

श्रावण २२, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ लगायतको उद्योग व्यवसायीहरुको टोलीले नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी बधाई ज्ञापन गरेको छ ।
बधाई तथा शुभकामना ग्रहण गर्दै प्रधानमन्त्रीले सरकार नीजि क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न ईच्छुक रहेको बताउनुभयो । सरकार नीजि क्षेत्रसँग मिलेर काम गर्न ईच्छुक छ, यहाँहरुसँग थप छलफल गरेर आर्थिक क्षेत्रमा गुणात्मक प्रगति हासिल गरिनेछ, प्रधानमन्त्रीले भन्नुभयो ।
सो अवसरमा उद्योगी व्यवसायीहरुले सरकारले नीजि क्षेत्रसँगको सहकार्य गर्ने अपेक्षा गर्दै नीजि क्षेत्र सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यसै गरी आज बिहानै तनहूँ काठमाडौं सम्पर्क मञ्चका प्रतिनिधिहरुले प्रधानमन्त्रीलाई भेटी बधाई ज्ञापन गरेको छ ।

कात्तिक ६, २०८१ बुधबार १:४:४६