उम्मेद्वार टुङ्गाउने अधिकार शीर्ष नेतालाई दिने निर्णय

काठमाडौं, ८ माघ । राष्ट्रिय सभाका उम्मेद्वारहरुको नाम टुङ्गाउने बसेको माओवादी केन्द्रका शीर्ष नेता र प्रदेश ईन्चार्जहरुको बैठकले उम्मेद्वारको नामावलीलाई अन्तिम रुप दिने अधिकार शीर्ष तीन नेतालाई प्रदान गरेको छ ।
सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले नामावलीलाई अन्तिम रुप दिने अधिकार पार्टी अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादललाई प्रदान गरेको हो । माओवादी केन्द्रको भागमा बाँडफाँड गरिएका १४ उम्मेद्वारहरुको नाम मंगलबार बस्ने शीर्ष नेताहरुको बैठकले टुङ्गाउने छ ।
सोमबारको बैठकमा प्रदेश ईन्चार्जहरुले एक पदका लागि तीन जनाको नाम सिफारिस गर्नुभएको थियो । मंगलबार बस्ने बैठकले प्रदेशबाट सिफारिस भएका नामसहित प्रदेशको सिफारिसमा नपरेका तर केन्द्रीय भूमिकामा रहेका नेताहरुको नाममाथि समेत छलफल गरेर उम्मेदवारको अन्तिम नामावली तयार गर्ने बैठकले निर्णय गरेको छ ।

 

कात्तिक ७, २०८१ बुधबार ११:१६:१