एउटा वर्ग धनी, अर्को वर्ग गरीब हुने व्यवस्थाको अन्त्य नै संघीय गणतन्त्र : अध्यक्ष प्रचण्ड

काठमाडौं, १८ फागुन । अध्यक्ष प्रचण्डले एउटा वर्ग धनी, अर्को वर्ग गरीब, एउटा जाति अधिकार सम्पन्न र अरु जाति अधिकार विहिन भएको व्यवस्थाको अन्त्य गर्न संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताउनु भएको छ । माझी राष्ट्रिय मुक्ति मोर्चा, नेपालद्वारा मंगलवार राजधानीमा आयोजित लदी पर्व समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्षले भन्नुभयो, ‘संविधानमा व्यवस्था भए पनि व्यवहारमा अझै लागू भएको छैन ।’ अध्यक्षले माझी समुदायमा आफ्नो पहिचान र अधिकारमा जागरुकता आएको बताउनु भयो ।majhi_ladi_CMprachanda-72-11-18 (2)

 

कार्यक्रममा माझी समुदायका महिलाहरुको उल्लेख्य उपस्थिति प्रति संकेत गर्दै अध्यक्षले भन्नुभयो, ‘जहाँ महिला अगाडि हुन्छन्, त्याहाँ न्याय हुन्छ । अन्य समुदाय पनि माझी समुदायका जस्तै महिलाहरु झैं अगाडि बढ्नु पर्दछ ।’ अन्य जाति धर्मका समुदायका पर्वलाई सूचिकृत गरिएको जस्तै माझी समुदायको लदी पर्वलाई पनि सुचिकृत गरिनुपर्ने अध्यक्षको जोड थियो ।

माझी समुदायको यो पर्वलाई सूचीकृत गर्न सरकार र उच्च स्तरीय राजनीतिक समितिमा प्रस्ताव राख्ने अध्यक्षले विश्वास दिलाउनु भयो । कार्यक्रम तुलबहादुर माझी अध्यक्षतामा र उर्मिला माझीको सञ्चालनमा सम्पन्न भएको थियो । अध्यक्ष आज नै काभ्रे जिल्लाका अगुवा कार्यकर्ता प्रशिक्षणका लागि त्यस तर्फ प्रस्थान गर्नुभएको छ ।
majhi_ladi_CMprachanda-72-11-18 (1)

कात्तिक ७, २०८१ बुधबार १७:२०:२५