एकता संयोजन समितिको बैठकमा अध्यक्षको प्रतिवेदन माथि छलफल

काठमाडौं, ५ जठ । पार्टी एकता संयोजन समितिको आज बसेको बैठकमा अध्यक्ष प्रचण्डले तयार गर्नुभएको राजनैतिक प्रतिवेदन माथि छलफल भएको छ । राजधानीमा अपरान्ह बसेको उक्त बैठकमा सर्वसम्मतले अध्यक्षको अध्यक्षको प्रतिवेदन पास गरेको छ । त्यसैगरी बैठकमा अन्तरिम विधानमाथि पनि छलफल भएको थियो ।

अन्तरिम विधान माथिको छलफल भोली बिहान बस्ने उक्त समितिको बैठकले टुंग्याउने छ । माओवादी पार्टीको अधिवेशन बैठक भोली बिहान १० बजे बबरमहलमा सुरु हुनेछ भने ३ बजे घोषणा सभाको कार्यक्रम रहेको छ । आज दिउँसो एकीकृत माओवादी पार्टीको स्थायी समिति बैठक पनि बसेको थियो । बैठकमा भोलीको एकता अधिवेशनका बारेमा छलफल भएको थियो । बैठकमा भोलीको अधिवेशनको व्यवस्थापन र तयारीका बारेमा छलफल भएको थियो ।

कात्तिक ७, २०८१ बुधबार १७:७:२१