काठमाडौं, १४ माघ । गैर आवासीय नेपालीहरुको एक टोलीले आज बिहन अध्यक्ष प्रचण्डलाई भेट गरेको छ । गैर आवासीय नेपाली संघ( एनआरएन )का उपाध्यक्ष भवन भट्टको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले भेट गरेको हो ।
भेटका क्रममा नेपालमा प्रवासी नेपालीहरुको लगानी कसरी भित्र्याउन सकिन्छ भन्ने बिषयमा छलफल भएको थियो । त्यसैगरी नेपालको विकास निर्माणमा पनि प्रवासी नेपालीहरुको सहभागीताका बिषयमा छलफल भएको थियो ।