कम्युनिष्ट एकता संसारभरिकै प्रतिक्रान्तिकारीको टाउको दुखाईः अध्यक्ष प्रचण्ड

गोरखा, २० मंसिर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले कम्युनिष्ट एकता संसारभरिकै प्रतिक्रान्तिकारीको टाउको दुखाई बनेको बताउनु भएको छ । गोरखामा आयोजित जिल्ला पार्टी कार्याकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

अध्यक्षले भन्नुभयो, “प्रतिक्रान्तिकारीहरु पहिलेको भन्दा अझ शक्ति लगाएर सत्ता फिर्ता गर्न चाहान्छन् ।” अध्यक्षले संविधानसभाको निर्माण, संविधानसभाबाट संविधान, संघीय संरचना अन्तर्गतका स्थानीय सरकारका निर्वाचन, कम्युनिष्ट पार्टी नेतृत्वको सरकार, दुई ठूला पार्टीबीचको एकता नेपालको इतिहासमा दूरगामी महत्व राख्ने परिघटना भएको बताउनुभयो ।

कात्तिक ९, २०८१ शुक्रबार १६:१७:१