कम्युनिष्टहरु नयाँ पार्टी बनाउँदै अगाडि बढ्छन्: अध्यक्ष प्रचण्ड

बर्दिवास, २२ जेठ । अध्यक्ष प्रचण्डले कम्युनिष्टहरु सधैं एकै खालको पार्टी होइन, नयाँ पार्टी बनाउँदै अगाडि बढने बताउनु भएको छ । महोत्तरीको बर्दिवासमा आजा आयोजित २ नं. प्रदेशको एकता भेला तथा प्रशिक्षण कार्यक्रमलाइृ सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘हामी माओवादीहरु जे काम गर्छौ, छलाङमै गरेका छौं र गर्छौ । अब हामी पुरानै माओवादी होइनौं, नयाँ माओवादी हौं ।’
bardibas-cmprachanda (2)prachanda_bardibash
उहाँले माओवादी केन्द्र देशका सबै कम्युनिष्टहरुको केन्द्र बन्ने बताउँदै राष्ट्र कै केन्द्र बन्ने स्पष्ट पार्नुभयो । यो एकता केवल माओवादीहरुको मात्र एकता नभएर सबै परिवर्तन प्रेमी शक्तिहरुको भएको उहाँको भनाई थियो । अध्यक्ष प्रचण्डले भन्नभयो, ‘परिवर्तनका बाहक शक्ति विभाजित भएपछि हाम्रा एजेण्डाहरु लावारिस हुने खतरा पैदा भयो ।’ मधेसी जनताको मुक्ति दलालहरुबाट हुन नसक्ने उहाँको धारणा थियो । ‘उत्पीडित जनतालाई दमन गर्ने, मधेसी जनतालाई दमन गर्ने अहिले मधेसका जनताको मुत्तिलदाता भन्ने गरिरहेका छन्, यो कदापि हुन सक्दैन, उहाँको भनाई थियो ।

कात्तिक ७, २०८१ बिहीबार १:९:८