कार्तिक १० गते राष्ट्रिय भेला गर्ने माओवादी केन्द्रको निर्णय

असोज १०, काठमाडौं । ने.क.पा. (माओवादी केन्द्र) को केन्द्रीय सचिवालयको बैठकले कार्तिक १० गते पार्टीको राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ ।
सोमबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले संगठनात्मक विषयमा निर्णय लिन राष्ट्रिय भेला बोलाउने निर्णय गरेको हो । बैठकका निर्णयबारे जानकारी दिँदै प्रवक्ता पम्फा भुसालले भन्नुभयो, ‘सचिवालयको बैठकमा पार्टी संगठनबारे गम्भीर छलफल भयो । पार्टीको आन्तरिक संगठनलाई व्यवस्थित गर्न कार्तिक १० र ११ गते राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णय भएको छ ।’
प्रवक्ता भुसालका अनुसार ‘राष्ट्रिय भेलामा संगठनको आकारलाई व्यवस्थित र चुस्त बनाउने, स्थानीय तहको निर्वाचन लक्षित संगठनात्मक संरचना निर्माण गर्ने र स्थानीय निर्वाचनमा पार्टीको विजयलाई सफल तुल्याउने कार्यविधि, संगठन र जिम्मेवारीबारे’ छलफल हुनेछ ।

कात्तिक ८, २०८१ शुक्रबार २:२:४१