केन्द्रीय कार्यालयको बैठकमा संगठनात्मक विषयमा छलफल

मंसीर १९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय कार्यालयको लाजिम्पाटमा सम्पन्न बैठकमा पार्टीको संगठनात्मक विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकमा पार्टी पोलिट्ब्यूरोमा थप, आगामी स्थानीय तहको निर्वाचन लक्षित संगठनात्मक कार्ययोजना लगायतका विषयमा छलफल भएको थियो । बैठकका निर्णयबारे जानकारी दिँदै माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले भन्नुभयो, ‘आजको बैठक राजनीतिक विषयमा प्रवेश गरेन, पार्टीको आन्तरिक संगठनात्मक विषयमा बैठक केन्द्रित रह्यो । पोलिट्ब्यरो संख्या र आगामी कार्ययोजनाबारे बैठकमा छलफल गरियो । अन्तिम निर्णय पोलिट्ब्यूरो बैठकले गर्नेछ ।’

कात्तिक ८, २०८१ बिहीबार १६:७:४