केन्द्रीय समितिको बैठक सम्पन्न, अध्यक्षको प्रस्ताव एक मतले पारित

काठमाडौं, ७ चैत । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडा कोटेश्वरमा अध्यक्ष क. प्रचण्डको अध्यक्षतामा हिजोबाट सुरु भएको पार्टी केन्द्रीय समितिको छैठौं पूर्ण बैठक आज सकिएको छ । महान् सहिदहरु प्रति १ मिनेट मौन धारण गरी श्रद्धान्जली अर्पण गर्दै सुरु भएको बैठकमा ७ वटै प्रदेश र जवस÷मोर्चाका इन्चार्जहरुको संक्षिप्त रिपोर्टिङ पश्चात अध्यक्ष क. प्रचण्डले गत केन्द्रीय समितिले गरेका निर्णयहरुको कामको समिक्षा सहित आगामी कार्ययोजना पेश गर्नुभयो । उच्च जनवादको अभ्यास गर्दै व्यापक छलफल पश्चात अध्यक्ष क. प्रचण्डले प्रस्तुत गर्नुभएको प्रस्ताव एकमतले पारित भयो ।ccmeting-072-12-07 (8)

केन्द्रीय समितिको बैठकले बैशाख मसान्तसम्म पार्टी सदस्यता नविकरण गरी सक्ने, बैशाख १० गतेसम्म संगठनका सम्मेलन सम्बन्धी कार्यविधि तय गरी सक्ने, जेठ १ गतेदेखि आगामि भाद्र मसान्त सम्ममा प्रदेशसम्मका सम्मेलनहरु जनसभाका बीच उद्घाटन गरी सम्पन्न गर्ने निर्णय गरेको छ । त्यसैगरी जवस÷मोर्चाका सदस्यता नविकरण/वितरण गर्ने, स्थानीय तहदेखि केन्द्र सम्मका सम्मेलनहरु गर्ने निर्णय भएका छन् । केन्द्रीय समितिले क. वीर बहादुर गोले र क. धर्मशीला चापागाईलाई केन्द्रीय समितिमा थप गरेको छ । बैठकले सहिद, बेपत्ता र घाइते योद्धाहरुका लागि कोष खडा गर्ने निर्णय गरेको छ । बैठकले सरकारमा सहभागी मन्त्रीहरुको कामलाई अझै प्रभावकारी, जनमुखी, जनउत्तरदायी बनाउने निर्णय गरेको छ ।
ccmeting-072-12-07 (10)
बैठकले सबै माओवादी पार्टीहरुका बीचमा पार्टी एकता गर्ने र अन्य क्रान्तिकारी वामपन्थीहरुको ध्रुवीकरण गर्ने निर्णय गरेको छ । बैठकले समसामयिकहरु पनि पारित गरेको छ । जसमा भूकम्प प्रभावित जिल्लाहरुको पुनर्निर्माणको काममा ढिलासुस्ती भएकोले केन्द्रीय समितिको बैठकले तदारुकताका साथ पुनर्निर्माणका कामलाई अगाडि बढाउन सरकारको ध्यानाकर्षण गरेको छ ।

बैठकले कर्णालीमा खडेरीका कारण भोकमरीको समस्या विकराल बन्दै गईरहेकोले यथाशीघ्र खाद्यान्न आपूर्तिका लागि सरकारको ध्यानाकर्षण गरेको छ । बैठकको अन्त्यमा केन्द्रीय समितिको बैठकका निर्णयहरुलाई दृढतापूर्वक कार्यान्वयन गर्न सबै केन्द्रीय सदस्यहरुलाई अध्यक्ष क. प्रचण्डले विशेष निर्देशन दिनुभएको थियो ।

ccmeting-072-12-07 (5)

कात्तिक ७, २०८१ बुधबार १२:१९:२७