क्रान्ति आम जनताको सहभागिताद्वारा मात्र सम्भव छः अध्यक्ष प्रचण्ड (फोटो फीचर)

काठमाडौं, २० जेठ । अध्यक्ष प्रचण्डले क्रान्ति क्रान्तिकारी कम्युनिष्टहरुले मात्र गरेर होइन, आम जनताको सहभागिताद्वारा मात्र सम्भव भएको बताउनु भएको छ । ३ नं. प्रदेशको भेला–प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘यो दशक फेरी नयाँ क्रान्तिको दशक बन्न सम्भव छ । अध्यक्षले यो एकता क्रान्ति र आन्दोलनका उपलब्धी र सिंगो राष्ट्र अप्ठेरोमा परेको र यसको सामना गर्ने अभियान भएको स्पष्ट गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी विभाजित भएको जनताले मन पराएका थिएनन् । जनताले एउटा समुहलाई मात्र साथ दिने स्थिति थिएन । विगतमा गल्ती कहाँ कहाँ भएका थिए यसको वस्तुवादी समिक्षा हुन्छ । मैले पार्टी केन्द्रीय समितिको बैठकमा अफैं प्रति निर्मम भई आत्म समिक्षा गरेको थिएँ । भएका कमजारी मुख्य नेतृत्वको हिसावले जिम्मा लिँदै नेतृत्वबाट सच्चाउँदै अगाडि बढ्ने प्रण गरौं । विचारमा विकास गरेर अगाडि बढेपछि नमिलेका सबै कुरा ठीक हुन्छन् । नयाँ विचार, नयाँ रणनीति र कार्यनीतिको खोजीमा हामी एकतामा आएका छौं । यो एकता नेपाली क्रान्तिलाई पूर्णता दिँदै विश्व क्रान्तिलाई सेवा गर्ने उद्देश्यका साथ भएको छ । पार्टी एकताले जनता, सहिद परिवार, वेपत्ता परिवार घाइते योद्धाहरु उत्साहित भएका छन् विश्वभरिका क्रान्तिकारीहरु खुसी छन् ।’

3 no pradesh_VELA (2)3 no pradesh_VELA (6)3 no pradesh_VELA (1)3 no pradesh_VELA (5)3 no pradesh_VELA (11)3 no pradesh_VELA (7)3 no pradesh_VELA (9)3 no pradesh_VELA (8)3 no pradesh_VELA (10)

कात्तिक ७, २०८१ बुधबार २१:६:२१