क्रान्तिकारीहरुले मिहेनत गरे गणतन्त्रलाई समाजवादी गणतन्त्रतिर लैजान सकिन्छः अध्यक्ष प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिकारीहरुले मिहेनत गरेर जाँदा त्यो गणतन्त्रलाई बिस्तारै जनताको गणतन्त्र र समाजवादी गणतन्त्रतिर लैजान सकिने बताउनुभएको छ । उहाँले भन्नुभयो, “हामीले सकेनौं भने त्यो बुर्जुवा गणतन्त्र हुने खतरा पनि छ भनेर लेखिएको छ । आजको दिनमा हेर्ने हो भने राजनीति त्यसको वरिपरि घुमिरहेको छ ।”
कम्युनिष्ट संस्थापक नरबहादुर कर्माचार्यको नवौं स्मृति दिवसका अवसरमा सोमबार पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष प्रचण्डले प्रतिक्रियावादी शक्तिहरुले आफूहरुले लडेर ल्याएको संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्ध जेहाद छाड्न थालेको बताउनुभयो । आज ठ्याक्कै चुनवाङमा भनेको जस्तो कसको गणतन्त्र हुने हो भन्ने लडाईं चलिराखेको छ’, उनले भने ।
निर्वाचनमा इमान्दार र श्रमजिवी जनताका प्रतिनिधिले हार्ने दलाल, पुँजीपति र पैसावाल आउने खतरा बढेको उहाँको भनाइ थियो । ‘यो निर्वाचन प्रणालीमा धेरै पैसा खर्च गर्न सकेन भने अनेक खालका तिकडत गर्न जानेन भने चुनाव जितेर आउन धेरै नै गाह्रो छ । जनताले र क्रान्तिकारीहरुले चुनाव लडेर जितेर आउने भन्ने कुरा सपनाजस्तो हुने भयो । आउने को भए दलाल पुँजिपति आउने भए । पैसावालहरु आउने भए । त्यो खतरा दिनप्रतिदिन बढ्दो छ ।”

शासन प्रणालीका दृटिष्णटकोणले पनि संसदले प्रधानमन्त्री चुन्ने व्यवस्था मुलुक सुहाउँदो नभएको उहाँले स्पष्ट गनुर्भयो । करोडौं खर्चिएर सांसद भएपछि मन्त्री वा प्रधानमन्त्री बन्नैपर्ने प्रवृत्ति हाबी भएको भन्दै उहाँले मन्त्री भएपछि लगानी उठाउन भ्रष्टाचार गर्ने गरिएको उल्लेख गनुर्भयो।

कात्तिक ८, २०८१ बिहीबार १०:१६:२२