‘गठबन्धन फुट्दैन बरु अन्य राजनीतिक शक्तिलाई समेटेर थप बलियो हुन्छ’ (भिडियाे)

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन फुट्ने हैन बरु अन्य राजनीतिक शक्तिलाई समेत समेटेर थप बलियो बनाउने बताउनुभएको छ । सोमबार समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्ड भन्नुभयो, ‘हामी प्रतिगमनलाई निर्णायक ढंगले परास्त गर्नेगरी प्रस्तुत हुन्छौँ । उहाँले विभिन्न टुटाउन चालबाजी गर्न खोज्नुभएको छ, त्यो सफल हुनेछैन ।’

उहाँले गठबन्धनमा पटकपटक छलफल भइरहेको भन्दै कुनै हालतमा गठबन्धन कमजोर र टुटाउन नदिनेबारेमा प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवासँग छलफल भइरहेको बताउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवा पनि गठबन्धनलाई बचाएर अघि बढ्न तयार रहेको उहाँको भनाई थियो । अध्यक्षले वर्तमान सरकारले लोकतन्त्र र संविधानको रक्षा गर्दै देशलाई ट्रयाकमा हिँडाउने प्रयास गरेको बताउनुभयो ।

निर्वाचन आयोग सेटिङमा नचलेको भए केपी ओली अहिले दलविहिनको अवस्थामा पुग्ने बताउँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ’निर्वाचन आयोगले हाम्रो सिफारिस मानेको भए केपी ओली पार्टीविहीन हुने थिए । उनी बबुरो भएर सडकमा पुग्ने थिए ।’ उहाँले ओलीलाई ठूलो सेटिङबाट जोगाइदिएको पनि बताउनुभयो।

कात्तिक ६, २०८१ बुधबार १:०:९