गणतन्त्र दिवस मूल समारोह समितिको बैठक सम्पन्न

जेठ ८, काठमाडौं । गणतन्त्र दिवस मुल समारोह समितिको बैठक सोमबार बिहान गृह मन्त्रालयमा सम्पन्न भएको छ ।
गणतन्त्र दिवस समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवसलाई जनताको सहभागितामा सम्पन्न गर्नुपर्ने बताउनु भएको छ । बैठकमा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘गणतन्त्र दिवस नेपालको इतिहासमा युगान्तकारी दिन हो । यसलाई हामीले औपचारिकता भन्दा माथि उठेर जनताको सहभागितामा मनाउनु पर्दछ । गणतन्त्र दिवसबारे जति पनि सुझाव आएका छन्, तिनलाई समेटेर यसलाई भव्य रुपमा मनाऔं ।’
पहिलो चरणको निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र धाँधलीरहित रुपमा सम्पन्न भएको प्रधानमन्त्रीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ, निर्वाचन अत्यन्तै शान्तिपूर्ण र धाँधलीरहित रुपमा सम्पन्न भएको छ । सरकार दोस्रो चरणको निर्वाचनको तयारीमा जुटिरहेको छ, निर्वाचन सम्पन्न गरेर देशलाई राजनीतिक स्थीरता र समृद्धिको बाटोमा लैजान सरकार गम्भीर छ ।’
बैठकले जेठ १५ गतेको गणतन्त्र दिवसलाई विविध कार्यक्रमसहित भव्य रुपमा मनाउने निर्णय गरेको छ ।

कात्तिक ९, २०८१ शनिबार ०:१०:२