
सो अवसरमा उहाँले अर्थतन्त्रको मुख्य मेरूदण्ड कृषि भएको बताउनुहुँदै यसलाई व्यवस्थित गर्नेतर्फ आफ्नो जोड हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ । कृषि उत्पादनमा सम्पूर्ण तागत केन्द्रित नगरी राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न सकिँदैन।’ तरकारी खेती शुभारम्भ कार्यक्रमका लागि डिक फर नेपालका स्वयम्सेवकहरुको सहभागीता रहेको थियो ।