गौरा पर्वको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष क. प्रचण्डबाट व्यक्त शुभकामना

संघीयतालाई बलियो पार्दै विकास र समृद्धिका दृष्टिले राज्यबाट ओझेलमा पारिँदै आएको प्रदेश नम्बर सातलाई समुन्नतिको दिशामा अघि बढाउन, त्यस क्षेत्रको प्राकृतिक तथा सांंस्कृतिक सम्पदाहरुको समुचित विकास गर्न तथा सम्पूर्ण देशवासीमा आपसी सदभाव, भाइचारा तथा अपनत्वको भावना बृद्धि गरी समृद्ध नेपालको निर्माणमा गौरा पर्वले प्रेरणा देओस् ।

शुभकामना
प्रदेश नम्बर ७ तथा कर्णाली लगायतका कतिपय जिल्लामा ऐतिहासिकरुपमा मनाईंदै आएको चाड ‘गौरा पर्व’ का अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
चाडपर्वको महत्व सामान्य उत्सव मात्र नभएर त्यसले समुदाय र क्षेत्रको साझा ऐतिहासिक पहिचान र सामाजिक सम्बन्धको समेत परिचय दिन्छ । त्यसअर्थमा गौरा पर्वको महत्व प्रदेश नं. ७ का जनताका लागि ऐतिहासिक महत्वको रहेको छ । लामो संघर्षपछि यही पहिचान र सामथ्र्यलाई संविधानमार्फत सुनिश्चित गरी संघीय गणतान्त्रिक नयाँ नेपालको निर्माणमा हामी अघि बढेको बेला यो पर्वको महत्व झनै बढेको मैले अनुभूति गरेको छु ।
संघीयतालाई बलियो पार्दै विकास र समृद्धिका दृष्टिले राज्यबाट ओझेलमा पारिँदै आएको प्रदेश नम्बर सातलाई समुन्नतिको दिशामा अघि बढाउन, त्यस क्षेत्रको प्राकृतिक तथा सांंस्कृतिक सम्पदाहरुको समुचित विकास गर्न तथा सम्पूर्ण देशवासीमा आपसी सदभाव, भाइचारा तथा अपनत्वको भावना बृद्धि गरी समृद्ध नेपालको निर्माणमा गौरा पर्वले प्रेरणा देओस् ।
म मेरो तर्फबाट, परिवार तथा पार्टीका तर्फबाट देश तथा विदेशमा गौरा पर्व मनाउन लाग्नु भएको सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्न चाहान्छु ।
१८ भदौ, २०७५

पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष

कात्तिक ७, २०८१ बुधबार २१:११:२१