ग्याल्बो ल्होसारको अवसरमा अध्यक्ष प्रचण्डद्वारा जारी शुभकामना

नेपाली समाज बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधताले भरिएको छ । अनेक जातीय समुदायसँगको सामिप्यता र सम्मानजनक सामाजिक सद्भाव नेपाली समाजको विशेषता हो । देशको यही विविधता भित्रको एकता नै नेपाल र नेपालीको मौलिक पहिचान हो ।

शुभकामना
ग्याल्बो ल्होसारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका शेर्पा समुदायका सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपाली समाज बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधताले भरिएको छ । अनेक जातीय समुदायसँगको सामिप्यता र सम्मानजनक सामाजिक सद्भाव नेपाली समाजको विशेषता हो । देशको यही विविधता भित्रको एकता नै नेपाल र नेपालीको मौलिक पहिचान हो ।

नेपाली जनसमुदायमा सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ गर्दै देशलाई आर्थिक समृद्धिमा लैजान यस पर्वले सबैमा प्रेरणा मिल्ने विश्वास लिएको छु ।

अन्त्यमा, यस पर्वका अवसरमा सम्पूर्ण नेपाली जनसमुदायको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

१२ फागुन, २०७६
…………………….
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष

कात्तिक ८, २०८१ शुक्रबार ०:११:५६