चितवन कांग्रेसका पूर्वसचिवसहित डेढ सय कार्यकर्ता माअाेवादी केन्द्रमा प्रवेश

मंसिर ९, भरतपुर। नेपाली कांग्रेस चितवनका पूर्वसचिव एवं नेपालकै सबैभन्दा पुरानाे बखान सहकारीका अध्यक्ष माेहनसिंह लामासहित कांग्रेसका डेढ सय कार्यकर्ता माअाेवादी केन्द्रमा प्रवेश गरेका छन्।
चितवनकाे शिवनगरमा अायाेजित कार्यकर्तामा लामासहित प्रकृति अामा समूहका अध्यक्ष सञ्जु तामाङ, नर्मिला तामाङ, तुलसी बहादुर गुरुङ, सञ्जिव ढकाल, कुबेर गुरुङ लगायतका कांग्रेस कार्यकर्ता माअाेवादी केन्द्रमा प्रवेश गरेका हुन्।
पार्टी प्रवेश गर्दै कांग्रेस नेता लामाले नेपाली कांग्रेसले जनता र देशकाे पक्षमा कुनै काम गर्न नसकेकाले अाफू माअाेवादीमा अाएकाे बताउनु भयाे। पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले सही समयमा सही निर्णय गर्ने नेताहरुलाई उचित जिम्मेवारी दिइने बताउनु भयाे।

कात्तिक ७, २०८१ बुधबार ९:१७:२८